काठमाडौं, ६ असार । बागमती प्रदेशको कुल जनसंख्याको ४४ प्रतिशतभन्दा बढी कृषि पेशामा आबद्ध छन् । बागमती प्रदेशको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८०÷८१ का अनुसार बागमती प्रदेशका २७ लाख २३ हजार ६ सय ३० जना कृषि पेशामा आबद्ध छन् । यो उक्त प्रदेशको कुल जनसंख्याको ४४ दशमलव ५२ प्रतिशत हो । प्रदेशको कुल जनसंख्या प्रदेशको कुल जनसंख्या ६१ लाख १७ हजार ६७ सय ६७ रहेको छ ।
बागमती प्रदेशमा कृषिमा आबद्ध जनसंख्यामध्ये महिलाको संख्या १३ लाख ९८ हजार ८ सय ७२ छ भने पुरुष १३ लाख २४ हजार ७ सय ५८ छन् । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सो प्रदेशको कृषि क्षेत्रको योगदान १२ प्रतिशत रहेको छ । कुल घरधुरीमध्ये कृषक घरपरिवार संख्या ६ लाख ६८ हजार १ सय ७७ छ । साथै प्रदेशको कुल सिंचित क्षेत्रफल ३६ दशमलव ८ प्रतिशत छ ।
नेपालको कुल जनसंख्याको ६० दशमलव ४ प्रतिशत कृषि पेशामा आबद्ध रहेका छन् । जसमध्ये महिलाको संख्या ९९ लाख ४ हजार १ सय ३० रहेको छ भने पुरुष ९५ लाख ४३ हजार ८ सय २५ छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलब ०९ प्रतिशत रहेको छ । कृषिमा आधारित घरपरिवारको संख्या ४१ लाख ३० हजार ७ सय ९८ रहेको छ भने कुल सिंचित क्षेत्रफल ५२ दशमलब ५ प्रतिशत रहेको छ ।