काठमाडौं, ७ असार । आज अन्तर्राष्ट्रिय योग दिवस विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस नेपालमा पनि भब्यरुपमा मनाइँदै छ।
यसै अवसरमा काठमाडौं लगायत देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना हुदै छन् । टुँडिखेलमा पनि आज बिहानै देखि विशेष कार्यक्रम संचालन गरिएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रस्तुत गरिएको थियो ।
विश्व योग दिवस २०२४ को अवसरमा भक्तपुरमा आयोजना गरिएको योग कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि योगले सहयोग पुर्याउने बताए । ‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,’ उनले भने ।
मानिसको जीवनशैलीमा आएको परिवर्तनले विश्वमा शारीरिक, मानसिक र सामाजिक जीवन तनावपूर्ण बन्दै गएको र त्यसबाट मुक्त हुन योगाभ्यास गर्नेको सङ्ख्या बढ्दै गएको छ ।