काठमाडौं, ९ असार । नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले संसद्मा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसदमा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्व गरिनुपर्ने बताए ।
साथै उनले बजेटले कर्मचारीको तलव भत्ता नबढाएको धेरै भएको उल्लेख् गर्दै कर्मचारीको तलव बढाउन नितान्त आवश्यक रहेको बताए । उनले भने, बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको छ । म अध्यक्ष महोदयमार्फत भन्न चाहन्छु, शिक्षक, प्रहरी, सेना, जतिपनि कर्मचारी छन्, ति सम्पूर्णको तलव भत्ता बढोस् । नेपालमा बसेर खान गाह्रो भयो । त्यो थोरै तलवले कर्मचारी टिक्दैनन्, कोही पनि टिक्न सक्ने अवस्था छैन । भ्रष्टाचार बढेको बढ्यै छ । कालोबजारी बढेको बढ्यै छ । हामी कालोबजारी पनि र भ्रष्टाचार पनि रोक्न नसक्ने अनि त्यही तलवले कर्मचारी बाँच्नुपर्छ भन्नेकुरा हुँदैन ।’