चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ काठमाडौंमा

अनलाइनसमय |
११ असार २०८१
चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ काठमाडौंमा

काठमाडमौं, १० असार । चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ नेपालको औपचारिक तीन दिने भ्रमणका लागि आज काठमाडौं आएका छन् ।

उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरे । स्वागतमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग पनि विमानस्थल पुगेका थिए ।

भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्शसंयन्त्रको बैठक मंगलबार हुनेछ । सो बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस