छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि समिति बनाउँछौ: गृहमन्त्री

अनलाइनसमय |
११ असार २०८१
छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि समिति बनाउँछौ: गृहमन्त्री

काठमाडौं, १० असार । गृहमन्त्री रवि लामिछानेले छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयबीचको समन्वयमा एउटा समिति बनाइने बताएका छन् ।

सोमबार महिला जनप्रतिनिधि र अभियन्ताहरूले गृहमन्त्री लामिछानेलाई भेटेर छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाबारे ध्यानाकर्षण गराएका छन् । छाउपडी उन्मुलनका लागि कडा कानुन बनाउन उनिहरुको माग छ ।

सोही क्रममा गृहमन्त्री लामिछानेले एउटा घटनामा केन्द्रित भएरभन्दा पनि यस्ता खाले घटनाहरू हुन नदिनका लागि समिति बनाएर सोही समितिको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक कानुन बनाउने बताए ।

छलफलमा सहभागी जनप्रतिनिधि तथा अभियन्ताहरूले छाउगोठ भत्काएर मात्रै कुप्रथा अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताएका थिए । छाउगोठ बनाउनु कानुनी रुपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमुलीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने उनिहरुको सुझाव थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस