काठमाडौं, ११ असार । नेकपा एमालेले संसद बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले बताए ।
यसअघि नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरिसकेको छ भने नेपाली कांग्रेसले पनि पार्टी निकट सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन ह्वीप जारी गरेको छ ।
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ ।