मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद मिना यादवको माग

अनलाइनसमय |
१२ असार २०८१
मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद मिना यादवको माग

काठमाडौं, ११ असार । नेकपा माओवादी केन्द्रकी सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले मधेसका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गरिन् ।
उनले भनिन्, ‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको छ । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ ।’

उनले मधेसका महिलाहरु शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस