साढे १३ करोड भन्दा बढी ठगी गरेको आरोपमा ६ जना पक्राउ

अनलाइनसमय |
१२ असार २०८१
साढे १३ करोड भन्दा बढी ठगी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, ११ असार । काठमाडौंमा ब्यापारिक सटरहरुको स्वामित्व दिने भन्दै साढे १३ करोड भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको हो ।

उनका अनुसार कलंकी ट्रेड सेन्टरका ब्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर रकम ठगी भएको भन्दै डा. विमला भण्डारीले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले महर्जनसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ गरेका अन्य ५ जनामा काठमाडौं महानगरपालिका–१६ का राजु महर्जन, ललितपुर कुपण्डोलका राजेशकृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका–१३ बस्ने निरञ्जनकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–१५ बस्ने चिरञ्जीवि पौडेल र टोखा नगरपालिका–७ बस्ने शान्तिरमण पंगेनी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस