काठमाडौं, १२ असार । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन वेडोङ्ग नेतृत्वको प्रतिनिधि मण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवादसमेत दिए ।
चिनियाँ उपविदेशमन्त्री तीन दिने भ्रमणका लागि १० असारमा काठमाडौं आएका थिए । उनी नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा सहभागी भएका थिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता पनि गरेका थिए । चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्किसकेको छ ।