भारतका सभामुखमा पुनः दोहोरिए ओम बिरला

अनलाइनसमय |
१३ असार २०८१
भारतका सभामुखमा पुनः दोहोरिए ओम बिरला

काठमाडौं, १२ असार । भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा सांसद बिरलालाई सभामुख चयन गर्ने प्रस्ताव पेस गरेका थिए । उनलाई अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरेका थिए ।

इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो । सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट उनी सभामुख मा निर्वाचित भएका हुन् ।

कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस