काठमाडौं,१२ असार । आज बिहानैदेखि परिहेको पानिले पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।
प्रहरीका अनुसार पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ । प्रहरी लगायतका टीमले सडक खुलाउने पहल गरिरहेको जनाइएको छ ।