काडमाडौं, १२ असार । सहकारी छानबिन विशेष समितिको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।
बैठकमा अघि गठन भएका बिभिन्न समिति, आयोग लगाएतको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरुलाई बितरण गरिएको थियो ।
त्यस्तै बैठकले समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारीबिज्ञ दिपक प्रसाद बास्कोटा र केशव बडालसँग पनि परामर्श गरेको थियो ।