चक्रपथ विस्तारका लागि प्रदीप पौडेलले असार १५ गते दबाब यात्रा गर्ने

अनलाइनसमय |
१४ असार २०८१
चक्रपथ विस्तारका लागि प्रदीप पौडेलले असार १५ गते दबाब यात्रा गर्ने

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड (चक्रपथ) विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् । उनले रिङरोडको विस्तार कार्य ढिलाइ भइरहेकोले पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत कामले गति नलिएको र बेवास्ता गरिएको भन्दै चक्रपथको विस्तार हुन बाँकी रहेको क्षेत्रमा यही असार १५ गते दबाब यात्रा गर्ने भएका हुन् ।

उनले पन्ध्र गते बिहान ७ बजे कलंकी चोकबाट यात्रा सुरु गरेर स्वयम्भू, बालाजु, बसपार्क–वसुन्धरा हुँदै चाबहिल धोबिखोला पुलमा पुगी सम्बोधन सहित समापन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

केही दिनअघि मात्रै नेता पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए ।

साथै उनले यस विषयमा संसदमा पटक–पटक आवाज उठाउँदै आएका छन् ।

उनले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूत सँग पनि चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए ।

काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस