काठमाडौं, १३ असार । चितवन राष्ट्रिय निकुञ्जमा हुने व्यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्द हुने भएको छ ।
निकुञ्जले एक सूचना जारी गर्दै असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्यावसायिक जंगल ड्राइभ (सफारी) बन्द रहने जानकारी दिएको हो ।
निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपर्युक्त समय भएको साथै यस अवधिमा निकुञ्जभित्रका वनपथहरू बिग्रिने, जंगलमा भएका साना खोला–खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुनेलगायतका कारणले पर्यटकहरूलाई असहज सृजना हुने भएकाले असार १६ गतेदेखि अर्काे सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।
