काठमाडौं , १४ असार । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि बोलाइएको नगरसभा बैठक पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर गरिएको हो । आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो ।
यद्यपि, मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै एमाले–कांग्रेसका कारण नगरसभा चल्न नसकेको आरोप लगाएका छन् । चार सहिदहरुको नाममा कार्यक्रम गरौंभन्दा एमाले–कांग्रेसका नेताहरुले नगरसभा रोकेको उनको आरोप छ ।
एमाले–कांग्रेसले वीपी र मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गर्न प्रस्ताव राखेको उनको भनाइ छ ।
’एमाले कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । शायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरू भन्दा धेरै कांग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो’, बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।