चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न सांसद मनिष झाको माग

अनलाइनसमय |
१५ असार २०८१
चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न सांसद मनिष झाको माग

काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नरहेको बताए ।

उनले नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताए ।उनले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गरे ।

झाले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस