तीन करोड ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

अनलाइनसमय |
१७ असार २०८१
तीन करोड ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं, १६ असार । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधान रहेका छन् । पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ।

सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र जम्मा भएको रकम चाहिएको बेला झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको उनीहरूमाथि आरोप छ ।

गत चैत ३० गते ललितपुर जिल्ला अदालतले सहकारीका ९ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस