घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते

अनलाइनसमय |
१७ असार २०८१
घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते

काठमाडौं, १६ असार । बैतडीमा घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते भएका छन् । मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ – ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

ढुङ्गा बोक्दै गरेको ट्याक्टर एक्कासि सडकबाट १ सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्याक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्याक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस