नेपाल पेचिलो परिस्थितिमा छ: नेत्रविक्रम चन्द

अनलाइनसमय |
१७ असार २०८१
नेपाल पेचिलो परिस्थितिमा छ: नेत्रविक्रम चन्द

काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताए ।

उनले नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए । उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । उनले नेपालमा रहेको श्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको बताए ।

उनले भने, ‘हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै श्रोत सधानले सम्पन्न पनि छ । सुन्दरता र श्रोत साधानले सम्पन्न हुनु भनेको निकै चुनौतीपूर्ण हो । सुन्दरतामा सबैको आँखा पर्छ । आज सम्पूर्ण कुतत्वहरुको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौँ । यसको श्रोत, साधनलाई कब्जा गर्ने होडबाजी निकै तिब्र ढंगले चलिरहेको छ । यो जियोपोलिटिक्समा रातारात हामीलाई युक्रेनको दिशामा घिसार्ने, ठूला ठूला कुसपनाहरु पनि मडारिरहेको हामी देख्छौं।’

यस्त महासचिव चन्दले नेपालका श्रमिक जनताका चाहनाहरु अधुरै रहेको पनि बताए । नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस