नागरिकको सम्पत्तिमा सीमा निर्धारण गर्न सांसद् सुवालको माग

अनलाइनसमय |
१७ असार २०८१
नागरिकको सम्पत्तिमा सीमा निर्धारण गर्न सांसद् सुवालको माग

काठमाडौं, १६ असार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद् प्रेम सुवालले नागरिकको सम्पत्तिको सीमा निर्धारण गर्नुपर्ने माग गरेका छन् । आइतबार आर्थिक विधेयक, २०८१ माथि संशोधन प्रस्ताव राख्दै उनले यस्तो माग गरेका हुन् ।

नेपालमा उत्पादन हुने वस्तुहरूको आयात बन्द गर्ने, नेपालीले विदेशी बैंकमा पैसा राख्न नपाउने, स्रोत नखुलेको सम्पत्ति सरकारले स्वतः राष्ट्रियकरण गरिनुपर्ने सुवालको माग छ ।

उनले भने, ‘स्रोत नखुलेको स्वतः राष्ट्रियकरण हुने हो । स्रोत नखुलेको सम्पत्तिमा अलिकति राजस्व उठाएर वैध बनाउनु सरकारले चोरसँग चोरीको भाग लिए जस्तै हो । यसकारण यससम्बन्धी दफा हटाइनुपर्छ,’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस