ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त

अनलाइनसमय |
१८ असार २०८१
ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त

काठमाडौं, १७ असार । विद्युतीय उपकरण उत्पादनका निम्ति भारतको अग्रणी कम्पनी ज्याक्सन इन्डिया प्रा.लि.ले आफ्नो उत्पादन प्रिमियम डिजेल जेनेरेटरको नेपालका लागि टाइम्स् मानसिरी प्रा.लि लाई आधारिक वितरकमा नियुक्त गरेको छ । आफ्ना उत्पादनलाई नेपाली बजारमा भरपर्दो वितरण तथा पहुँच विस्तार गर्ने रणनीतिक अनुरुप कम्पनीले टाइम्स् मानसिरी प्रा.लि लाई चयन गरेको हो ।

ज्याक्सन इन्डिया प्रा.लि.ले डिजेल जेनेरेटरको विश्व बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ । यसका ७.५ केभीए देखि ३७५० केभीएसम्मका डिजेल जेनेरेटरमार्फत् विश्व बजारमा पुगेको हो । यस कम्पनीका जेनेरेटर इन्धन किफायतीसँगै उच्च ऊर्जा दक्षतायुक्त भएकाले आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रहरूमा समेत उपयुक्त मानिएको छ ।

टाइम्स् मानसिरी प्रा.लि. नेपालमा स्थापित, बलियो र विशाल वितरण प्रणाली भएको अग्रणी कम्पनी हो । ऊर्जा क्षेत्रमा यस कम्पनीले प्राप्त गरेको दक्षता र यसको बलियो नेटवर्कबाट सानादेखि ठूला आकारका जेनेरेटरहरूको बिक्री, जडान, मर्मत तथा बिक्रीपछिको सेवालगायतका क्षेत्रमा ज्याक्सन कमिन्सका उत्पादनले व्यापक पाउनेमा कम्पनीले विश्वास लिएको छ ।

टाइम्स मानसिरी प्रा.लि.का प्रबन्ध निर्देशक दीपकराज गिरी भन्छन्,‘नेपालमा ज्याक्सनको प्रतिनिधिका रूपमा काम गर्न पाउँदा हामी गौरवान्वित छौं । हाम्रो सम्पूर्ण टिम हाम्रा ग्राहकसम्म भरपर्दो ऊर्जा उपकरण पु¥याउनुका साथै उहाँहरुको मागलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।’ साथै ज्याक्सनका डिजेल जेनेरेटरलाई व्यापकता बनाउनका लागि कम्पनीले विभिन्न ठाउँमा डिलर नेटवर्क विस्तार गर्ने तयारी गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस