काठमाडौं, १७ असार । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका विषयलाई टुंगो लगाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहजीकरण कार्यदल गठन गरेको छ ।
आइतबार बेलुका तीन दलले सहजीकरणका लागि एक एक जनाको नाम दिएपछि अब यसले छलफल थाल्ने भएको छ ।
सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।
यसअघि शुक्रवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलपछि सो सहमति भएको थियो ।