ओलीसँगको भेटबारे देउवाले गरे ब्रिफिङ– हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ

अनलाइनसमय |
१८ असार २०८१
ओलीसँगको भेटबारे देउवाले गरे ब्रिफिङ– हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ

काठमाडौं १७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा १५ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेट सौहार्दपूर्ण भएको जानकारी गराएको जानकारी गराएका हुन् ।

शनिबार ओलीले देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी तरगिंत छ । त्यसको भोलीपल्टै आइतबार ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल भएको थियो । आज पनि प्रधानमन्त्री प्रचण्ड र ओलीले तीन घण्टा लामो छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस