काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पदाधिकारी बैठक बोलाएको छ । सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको हो ।
पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार बैठकले परिवर्तित राजनीतिबारे धारणा बनाउनेछ ।
सोमबार मध्यरातमा कांग्रेस–एमालेबीच गठबन्धनको सहमति भएपछि अरु दलहरू पनि छलफलमा जुटेका छन् ।