काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।
मंगलबार बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
आज बसेको सचिवालय बैठकले यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ । साथै आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ ।