प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसद्मा विस्वासको मत लिने

अनलाइनसमय |
१९ असार २०८१
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसद्मा विस्वासको मत लिने

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’

यस्तै उनले दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आए राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर नमिल्ने बताए ।

प्रधानमन्त्रीले राजीनामा भएसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस