टेलिकमको प्रबन्ध निर्देशकका लागि अन्तरवार्ता तय, असार २० देखि २२ सम्म हुने

अनलाइनसमय |
१९ असार २०८१
टेलिकमको प्रबन्ध निर्देशकका लागि अन्तरवार्ता तय, असार २० देखि २२ सम्म हुने

काठमाडौं, १८ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न आवेदन दिएकाहरुसँग अन्तरवार्ता लिने भएको छ । प्राधिकरणले नियुक्तिका लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गर्न अन्तरवार्ता र व्यवसायिक कार्यायोजनाको प्रस्तुतीकरणको तालिका प्रकाशन गरेको हो ।

टेलिकमको प्रबन्ध निर्देशकमा १६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असार २०, २१, र २२ गते अन्तरवार्ता लिन लागेको छ ।

मन्त्रालयले २२ जेठ दरखास्त आह्वान गरेको थियो । तर, दरखास्तका लागि दिइएको अन्तिम मिति सकिएपछि करिब २ हप्ता अन्तरवार्ताको सूचना निकालिएको थिएन ।

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध १५ असोज २०८०मा नेसनल पेमेन्ट गेट–वे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि टेलिकमकी उपमहाप्रबन्धक संगीता पहाडी अर्यालले निमित्त महाप्रबन्धकको जिम्मेवारीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस