प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते हुने

अनलाइनसमय |
१९ असार २०८१
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते हुने

काठमाडौं, १८ असार । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो ।

उनले भने, ‘निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाई गर्ने सचिवालयको प्रश्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु।’

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाई गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।

गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।

निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस