कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वान

अनलाइनसमय |
१९ असार २०८१
कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वान

काठमाडौं, १८ असार । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । कांग्रेस बैठक मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।

कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ । उक्त सहमतिपछि देउवाले विपक्षी दलसँग छलफल गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस