काठमाडौं, १८ असार । सहकारी संस्थाबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले राजनीतिक दलहरूबाट सुझाव लिने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय दलको मान्यता पाएकाहरूबाट सहकारी समस्या समाधानका लागि सुझाव लिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका संयोजक सूर्य थापाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूबाट समस्या समाधानका लागि लिखित रूपमा सुझाव उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको बताए ।
आजको बैठकले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग पनि छलफल गरेको छ ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।