५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग

अनलाइनसमय |
१९ असार २०८१
५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग

काठमाडौं, १८ असार । नेपाली कांग्रेसकी सांसद कमलाा पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् ।

यस्तै उनले उनले अर्थमन्त्रीले हिम्मत देखाएर भए पनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन् । पञ्चशीलको सिद्धान्तलाई लागू गर्न उनको माग छ ।

सांसद पन्तले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न समेत आग्रह गरिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस