फाइल खुल्न थालेपछि रातारात समिकरण फेरियो: गृहमन्त्री लामिछाने

अनलाइनसमय |
१९ असार २०८१
फाइल खुल्न थालेपछि रातारात समिकरण फेरियो: गृहमन्त्री लामिछाने

काठमाडौं, १८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।

उनले भने, ‘रातारात जे भएको छ, भन्नैपर्ने केही छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुप¥यो, फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो ।’

लामिछानेले फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए । लामिछानेले भने, एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस