भुटानी शरणार्थी प्रकरणः प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

अनलाइनसमय |
१९ असार २०८१
भुटानी शरणार्थी प्रकरणः प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं, १८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा पठाउन आदेश दिएको हो । प्रतीकलाई केन्द्रीय कारागार पठाइएको छ ।

प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् । कांग्रेस नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहित केही आरोपी भने धरौटीमा रिहा भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस