काठमाडौं, १९ असार । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त संस्थापक शेयर आज (असार १९) देखि प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमा बिक्रीमा ल्याएको हो ।
यसअघि विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
सेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय नक्सालमा आवेदन दिनुपर्ने छ ।