बैठकमा प्रतिवेदन पेस गर्न रोकेपछि महामन्त्री ढकालले भने–पार्टी रविको मात्रै होइन, स्वतन्त्र बनाउनुपर्छ

अनलाइनसमय |
२० असार २०८१
बैठकमा प्रतिवेदन पेस गर्न रोकेपछि महामन्त्री ढकालले भने–पार्टी रविको मात्रै होइन, स्वतन्त्र बनाउनुपर्छ

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् । उनले रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन, प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ,’ ’

रास्वपाका सभापति रवि लामिछानेले जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई आफ्नो प्रस्ताव पेश गर्ने अनुमति दिएनन् ।

साथै बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसे । महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरे ।

प्रतिवेदन पढिसकेपछि अहिले केहिबेरका लागि बैठक रोकिएको छ । केहीबेरपछि सुरू हुने बैठकमा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा भनिएको छ, ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सीट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस