राजिनामा दिनु अघि रास्वपाका मन्त्रीहरू प्रधानमन्त्रीसँग छलफमा, सरकारबाट बाहिरिने सम्भावना न्युन

अनलाइनसमय |
२१ असार २०८१
राजिनामा दिनु अघि रास्वपाका मन्त्रीहरू प्रधानमन्त्रीसँग छलफमा, सरकारबाट बाहिरिने सम्भावना न्युन

काठमाडौं, २० असार । आज राजीनामा दिने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि रास्वपा सरकारबाट तत्काल बाहिरिने सम्भावना भने कम भएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आजै राजीनामा दिने बताएका छन् । त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

रास्वपा नेताहरुसँगका भेटमा प्रधानमन्त्रीले संसदको सामना गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताएका छन् । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस