ललितपुर महानगरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

अनलाइनसमय |
२१ असार २०८१
ललितपुर महानगरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

काठमाडौं, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।

मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमा बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

उनीमाथि २०७७ मा नगर कार्यपालिकाको निर्णय विपरीत बाढीपीडितलाई १ लाख ५० हजार र २ लाख ५० हजार रुपैयाँका दरले एकलौटी ढंगले रकम बाँडेको आरोप ।

बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।

ciaa-1720069091.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस