विभागले म्यानपावर व्यवसायीसँग माग्यो फ्री–भिसा, फ्री–टिकटमा कामदार पठाएको विवरण

अनलाइनसमय |
२१ असार २०८१
विभागले म्यानपावर व्यवसायीसँग माग्यो फ्री–भिसा, फ्री–टिकटमा कामदार पठाएको विवरण

काठमाडौं, २० असार । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ ।

विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो ।

विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध गराउन भनेको हो । म्यानपावर व्यवसायीहरूले खाडीका ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।

२०७२ सालमा तत्कालीन श्रममन्त्री टेक बहादुर गुरुङले फ्री भिसा, फ्री टिकटको व्यवस्था गरेका थिए । त्यो बेला व्यवसायीहरूले त्यसरी कामदार पठाउन नसकिने भन्दै विरोध गर्दै आएका थिए। तर, सरकारले उक्त नीतिलाई न त हटाउन नै सक्यो न कडाइका साथ लागू गर्न नै सक्यो ।

व्यवसायीहरूले हाल उक्त नीति हटाएर एक महिना बराबरको सेवा शुल्क लिन पाउनुपर्ने माग राख्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस