दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स खारेज (सूचीसहित)

अनलाइनसमय |
२१ असार २०८१
दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स खारेज (सूचीसहित)

काठमाडौं, २० असार । सरकारले देशिभरीका दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ ।निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार लाइसेन्स स्वतः रद्द हुने निर्माण कम्पनीमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि (ललितपुर), हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि (ललितपुर), भूमि इन्फ्रास्ट्रक्चर प्रालि (विराटनगर) र मदन कन्स्ट्रक्सन प्रालि (धनकुटा) छन् ।

त्यस्तै, असन बालकुमारी कन्स्ट्रक्सन (काठमाडौं), ढोफिर्दी निर्माण सेवा (तनहुँ), दि राइजिङ कन्स्ट्रक्सन (पोखरा), सिरोहिया कन्स्ट्रक्सन (धनुषा), त्रिशूल निर्माण सेवा (दमक) को पनि लाइसेन्स खारेज गरिएको छ ।

हेर्नुहोस् सूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस