नेकपा एसको नेतृत्व सहमतिमै चयन हुन्छ: अध्यक्ष नेपाल

अनलाइनसमय |
२१ असार २०८१
नेकपा एसको नेतृत्व सहमतिमै चयन हुन्छ: अध्यक्ष नेपाल

काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँगको छलफलपछि अध्यक्ष नेपालले सहमतिमै नेतृत्व चयन हुने बताएका हुन् ।

नेकपा एसको जारी महाधिवेशनमा अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालले दाबी गरिरहेका छन् । तर, वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए । ‘छलफल चलिरहेको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदै छ, दोहोरिने होइन,’ उनले भने ।

साथै अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस