लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई एमालेको पत्र

अनलाइनसमय |
२२ असार २०८१
लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई एमालेको पत्र

काठमाडौं, २१ असार । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न नेकपा एमालेले प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको छ ।

एमालेले सरकारलाई दिएको समर्थन बिहीबार फिर्ता लिएको थियो । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेका सबै मन्त्रीले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएका हुन् ।

एमालेले समर्थन फिर्ता लिएपछि माओवादी नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस