नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ ।
प्रज्ञा भवनमा चलिरहेको दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिने हललाई जानकारी दिएका छन् ।
तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी गराए ।


