सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको प्रभु साहको आरोप

अनलाइनसमय |
२५ असार २०८१
सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको प्रभु साहको आरोप

काठमाडौं, २४ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल गरेको बताए ।

कालोधनलाई सेतो बनाउन सरकारका मन्त्रीहरुनै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको साहले जिकिर गरे । उनले भने, ‘हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफै हुण्डी कारोबारमा संलग्न छ ।’

उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

यसैगरी अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए । ‘बैंकहरु आफैं अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन् । र, नेपाल यसरी बर्बाद हुँदैछ । राजस्व दिनदहाडै छली हुन्छ । भन्सार छली हुण्डीकै कारण भएको छ, उनले भने ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस