काठमाडौं, २४ असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार २०७४ साल भन्दापछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने भएको छ ।
सोमबार बसेको बैठकले मंगलबारको बैठकमा सहकारी क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थासँग छलफल गर्ने क्रममा सहकारी विभागका २०७४ देखि यताका रजिष्ट्रारसँग छलफल गर्ने निर्णय गरेको हो ।
सोमबार समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नियमन विभागका प्रमख गुरुप्रसाद पौडेल, राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट, बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका प्रतिनिधि लगायतसँग सुझाव लिएको थियो ।