पदबाट निष्काशन भएका ढकालको टिप्पणी: ‘रविको क्लबबाट निस्कासितभएको हुँ, घण्टी बज्न रोकिँदैन

अनलाइनसमय |
२६ असार २०८१
पदबाट निष्काशन भएका ढकालको टिप्पणी: ‘रविको क्लबबाट निस्कासितभएको हुँ, घण्टी बज्न रोकिँदैन

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीयको पदबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् । पार्टी निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गरेका हुन् ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उनले भने ।
ढकालले रास्वपामै रहने संकेत गरेका छन् । उनले भने, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

(रास्वपा)को मंगलबार वनस्थलीस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ता र केन्द्रीयको पदबाट बर्खास्त गरेको छ । अनुशासन आयोगको सिफारिसअनुसार ढकाललाई निष्काशन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । ’पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय झाले बताए ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन निर्देशन दिएको थियो । सोही बमोजिम अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस