माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

अनलाइनसमय |
२७ असार २०८१
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे दलको कार्यालयमा बस्ने छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा लिने विश्वासको मतका विषयमा छलफल गर्ने कार्यसूची छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेस र एमालेले भने नयाँ सरकार गठनको तयारी गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस