एमाले सचिवालय बैठक जारी, यी एजेन्डामा छलफल हुँदै

अनलाइनसमय |
२७ असार २०८१
एमाले सचिवालय बैठक जारी, यी एजेन्डामा छलफल हुँदै

काठमाडौं, २६ असार । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक जारी छ ।
बैठकमा समसापयिक राजनीति घटनाक्रम, नयाँ सरकारमा पठाउने मन्त्री छान्ने मापदण्ड, नेताहरूको जिम्मेवारी हेरफेर लगायका विषयमा छलफल हुनेछ ।

यही असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिमा दुई दलले हस्ताक्षर गरिसकेका छन् । सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन् । उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस