दोस्रो बिमस्टेक कार्यक्रममा भाग लिन परराष्ट सचिव आज भारत जाँदै

अनलाइनसमय |
२७ असार २०८१
दोस्रो बिमस्टेक कार्यक्रममा भाग लिन परराष्ट सचिव आज भारत जाँदै

काठमाडौं, २६ असार । परराष्ट्र सचिव सेवा लम्साल आज भारत जान लागेकी छन् । बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने मन्त्रीस्तरीय दोस्रो बिमस्टेक बैठकमा भाग लिन सचिव लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बिमस्टेकभित्र पारस्परिक हितका विषयमा सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग, समन्वय, सहकार्यलगायत विषयमा छलफल हुने बताइएको छ । बिमस्टेकमा सहभागी भएकाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने छन् ।

लम्साल सहितको नेपाली प्रतिनिधि मण्डल असार २९ गते फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस