काठमाडौं, २६ असार । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।
असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ । पार्टीको निति निर्देशन र पार्टीको विधान विपरित ढंगले अनुशासनहिनता प्रर्दशन गरिएको विज्ञप्ति मा भनिएको छ ।
निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीप) साह केन्द्रीय सचिव, केन्द्रीय सदस्य रामेश्वर यादव, नगरपालिका सचिव कृष्णचन्द्र साह मिर्चैया, पुर्वजिल्ला अध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्याशी अनिता कुमारी यादव र पूर्व नगरपालिका सचिव दिपनारायण यादव लाई तीन महिनाका लागि निलम्बन गरेको छ ।