एक पार्टीले मात्रै चाहेर संविधान संशोधन हुँदैन: महामन्त्री थापा

अनलाइनसमय |
२८ असार २०८१
एक पार्टीले मात्रै चाहेर संविधान संशोधन हुँदैन: महामन्त्री थापा

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताएका हुन् ।

उनले भने, ‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ ।’

महामन्त्री थापाले एमाले र कांग्रेसबीच भएको सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको बताए । उनले ति सम्झौता पालना गरिने बताए । पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ ।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस